अक्षय र करीनाको ‘गुड न्यूज’ सय करोड क्लबमा प्रवेश
एजेन्सी – बलिउड अभिनेता अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म गुड न्यूज सय करोड क्लबमा प्रवेश भएको छ । रिलिज भएको छैटौं दिनमै यो फिल्म सय करोड क्लबमा सामेल भएको हो ।
भारतिय ट्रेण्ड एर्नालिस्ट तरण आदर्शको अनुसार फिल्मले बुधबार नयाँ वर्षको दिन भारतीय बक्स अफिसमा २२ करोड ५० लाखको व्यापार गरेको छ । फिल्मले शुक्रबार १७. ५६ करोड, शनिबार २१.७८ करोड, आइतबार २५.६५ करोड, सोमबार १३.४१ करोड, मंगलबार १६.२० करोड र वुधबार २२.५० करोडको व्यापार गर्यो । फिल्मको व्यापार ६ दिनमै ११७ करोड १० लाख पुगेको छ । राज मेहताले निर्देशन गरेको फिल्ममा अक्षय र करीनासँगै दिलजित दोसाँझ, कियारा अडवानीको मुख्य भुमिका रहेको छ ।
त्यस्तै डिसेम्बर २० मा रिलिज भएको सलमान खानको फिल्म ‘दबंग ३’ले बक्स अफिसमा १४० करोडको व्यापार गरिसकेको छ ।