‘मैले छपाकको लागि धेरै सोच–विचार गरिन’: दीपिका
एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण जनावरी ५ बाट ३४ औं वर्षमा प्रवेश गरेकी छिन् । उनी एसिड पिडितसँग जन्मदिन मनाउन लखनऊ पुगेकी छिन् ।
दीपिकाले एसिड पिडित लक्ष्मी अग्रवालको जीवनीमा आधारित फिल्म ‘छपाक’मा अभिनय गरेकी छिन् । उनले यो फिल्मलाई चनौतिको रुपमा नलिएको बताइन् । उनले भनिन्, ‘मलाई धेरैले यो फिल्म चुनौतिको रुपमा लिएको बताएका छन् । तर मलाई यस्तो लाग्दैन । एक मान्छेको नाता र एक निर्देशकको रुपमा यो स्टोरी देखाउनको लागि मेघना तयार थिइन् । उनले मलाई स्टोरी सुनाउने बित्तिकै मैले हुन्छ भनेको थिए । यो फिल्मको लागि मैले धेरै सोच–विचार गरिन । हाम्ले यो फिल्म दिलबाट बनाएका छौं ।’
मेघना गुलजारले निर्देशन गरेको फिल्ममा दीपिकासँगै विक्रान्त मैसीको पनि मुख्य भुमिका रहेको छ । यो फिल्म १० जनावरी देखि रिलिज हुनेछ ।