‘कलाकार कामले परिचित हुनुपर्छ, सामाजिक सञ्जालबाट होइन’: अजय
एजेन्सी – पछिल्लो समय कलाकार सामाजिक सञ्जालको पोस्टले चर्चामा रहने गरेका छन् । हालै बलिउड अभिनेता अजय देवगनले सामाजिक सञ्जालबाट भन्दा कामबाट पहिचान बनाउन पर्ने बताए ।
उनले भने, ‘कलाकारहरुले सामाजिक सञ्जाल मार्फत स्टारडमका युगको अन्त्य गरिरहेका छन् । आफ्नो जीवनको बारेमा हरेक इन्फर्मेशन सेयर गर्छन् । पहिला हामी कलाकारहरु कसरी बस्छन् होला भनेर सोचथ्यौं । तर अहिले हरेक व्यक्ति स्टारहरु पनि हामी जस्तै हुनु भन्ने सोच्छन् ।’
उनले थप्दै भने, ‘म खासै सामाजिक सञ्जालमा एक्टिभ रहन्न । मलाई लाग्छ कलाकार आफ्नो कामले परिचित हुनुपर्छ, सामाजिक सञ्जालको क्रियाकलापबाट होइन । म जहाँ जान्छु त्यहाँ सम्मान पाउछु । म सधैं आफ्नो काममा फोकस गर्छु ।’
अजय देवगनको फिल्म ‘तानाजीः द अनसंग वारियर’ प्रर्दशनरत छ । यो फिल्मले बक्स अफिसमा राम्रो प्रर्दशन गर्दै ४ दिनमा ७५ करोड ६८ लाख व्यापार गरेको छ । यो फिल्मको लागि उत्तर प्रदेशमा कर छुट्ट गरिएको छ ।