दिपा, पूजा, आकाश र बर्षाबाट लुक्सको उद्घाटन
दरबारमार्गस्थित शेर्पा मलमा नजिकै लुक्स नामक युनिसेक्स व्युटि पार्लर सञ्चालनमा आएको छ । बिहिबार निर्देशक दिपाश्री निरौला, नायक आकाश श्रेष्ठ र नायिकाद्वय पूजा शर्मा र आकाश श्रेष्ठले रिवन काटेर संयुक्त रुपमा लुक्सको उद्घाटन गरे । भिडियो हेर्नुस् :
निर्माता तथा हल सञ्चालक सुमित मैनालीले सञ्चालनमा ल्याएको लुक्समा महिला तथा पुरुषको सम्पूर्ण सौन्दर्य सम्बन्धी सेवा तथा सुविधा प्रदान गरिनेछ । रिवन काटेर मिडियासँगको कुराकानीमा नायिका बर्षा राउतले लुक्सको लुक्स नै मन परेका बताइन् ।
नायिका पूजा शर्माले आफुलाई अब पार्लर आउँन सजिलो हुने बताइन् । दिपाश्री र आकाशले लुक्सलाई सफल होस् भन्ने कामना गरे ।