पहिलो पटक छोरा टाइगरसँग फिल्ममा काम गर्दै ज्याकी
एजेन्सी – गत वर्ष अभिनेता ऋतिक रोशनसँग फिल्म ‘वार’मा काम गरेर धमाका मच्चाएका टाइगर श्राफ ‘बागी ३’ को तयारीमा छन् । यो फिल्ममा टाइगरको अपोजिट श्रद्धा कपूर देखिदैछन् । हालै फिल्मबारे नयाँ अपडेट आएको छ । फिल्ममा टाइगरका बाबु ज्याकी श्राफको पनि इन्ट्री भएको छ ।
निर्माता साजिद नाडियाडवालाले ज्याकीको भुमिका खुलाउदै भने, ‘बागी ३’ को निर्देशन अहमद खानले गर्दैछन् । यो फिल्म एक्सन ड्रामा ‘बागी’ को तेस्रो इन्स्टलमेन्ट हो । फिल्ममा ज्याकी टाइगरको पिताको भूमिकामा हुनेछन् । फिल्ममा उनी पुलिस इन्स्पेक्टरको देखिनेछन् ।’
उनले श्राफको डबल डोजले दर्शक निराश नहुने बताउदै भने, ‘जबदेखि टाइगरलाई लञ्च गरियो तबदेखि मानिसहरुले उनलाई पितासँग हेर्न चाहेका छन् । गत ६ वर्षमा कसैले उनीहरुलाई एक साथ ल्याउन सकेका छ्रैनन् । उनीहरु तब स्क्रिन शेयर गर्छन्, जब दुईको चरित्रको प्रेजेन्सले फिल्ममा महत्व राख्नेछ । मलाई र अहमदलाई फिल्मको स्टोरीलाइन देख्दा लाग्यो की ज्याकी श्राफ यो फिल्ममा हुनुपर्छ । मलाई विश्वास छ फिल्ममा श्राफको डबल डोज देखेरे कोहि पनि निराश हुँदैनन् ।’
यी बाबु छोरा एउटै फिल्ममा काम गर्न लागेको पहिलो पटक हो । यो फिल्म ६ मार्चमा रिलिज हुँदैछ ।