‘स्ट्रिट डान्सर 3D’सँग कंगनाले लिइन् त ‘पंगा’ ?
एजेन्सी – २४ जनवरी शुक्रबार देखि रेमो डिसुजाद्वारा निर्देशित ‘स्ट्रिट डान्सर ३ डी’ र आश्विनी तिवारी निर्देशित ‘पंगा’ रिलिज भएको छ । यी दुवै आशा गरिएको फिल्म हो । तर बक्स अफिसमा ‘पंगा’लाई ‘स्ट्रिट डान्सर’ले पछि पारेको छ ।
‘स्ट्रिट डान्सर ३ डी’ले रिलिजको १० करोड २६ लाखमा ओपनिङ्ग गर्दा ‘पंगा’ले २ करोड ७० लाखमा ओपनिङ्ग गरेको छ । स्ट्रिट डान्सरले दोसो दिनमा १३ करोड २१ लाख कलेक्सन गर्दै २३ करोड ४७ जम्मा गरेको छ । पंगाले दुई दिनमा ८ करोड ५१ लाख मात्रै जम्मा गरेको छ । ‘स्ट्रिट डान्सर ३डी’ले भारतमा कुल ३७ सय स्क्रिन पाएको थियो । भने पंगाले भारतमा १ हजार ५ सय ५० वटा स्क्रिन्स मात्रै पाएको थियो ।
स्ट्रिट डान्सरमा वरुण धवन र श्रद्धा कपुरका साथै फतेही, धर्मेंश लगायत कलाकारको मुख्य भूमिका छ । त्यस्तै पंगामा कंगना रनावत र जस्सी गील, ऋचा चड्डा, मेघा बर्मन लगायत कलाकारको मुख्य भुमिका छ । यो फिल्ममा कंगनाले कबड्डी खेलाडीको भुमिका निभाएकी छिन् ।