‘मैदान’मा फुटबल कोच अजय देवगन
एजेन्सी – बलिउड अभिनेता अजय देवगन फिल्म ‘तानाजी’ले बक्स अफिसमा राम्रो प्रर्दशन गरिरहेको छ । अब, उनी फिल्म ‘मैदान’मा पनि जोडिएका छन् ।
हालै ‘मैदान’को ‘फस्ट लुक’ सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अजयलाई फुटबल कोचको रुपमा प्रस्तुत गरिएको छ । अजयले पोस्टर सेयर गर्दै लेखेका छन्, ‘यो कहानी भारतिय फुटबलको गोल्डन फेज र सबैभन्दा सक्सेसफुल कोचको हो ।’ उनी फिल्ममा भारतीय फुटबल कोच सैय्यद अब्दुल रहीमको भूमिकामा देखिने छन् ।
‘बधाई हो’ निर्देशन गरेका अमित शर्माको फिल्ममा बोनी कपूर, आकाश चावल र अरुणवा जय सेनगुप्ताको लगनी रहेको छ । फिल्ममा भारत, अस्ट्रेलिया, फ्रान्स, जापान गरि ११ देशका फुटबल खेलाडीलाई लिइने बताइएको छ । ‘मैदान’ नोभेम्बर २७ मा रिलिज हुनेछ ।