दिल्ली एयरपोर्टले नेपाल आउन रोकेपछि करणवीरले पोखे आक्रोश
भारतिय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहरालाई दिल्ली एयरपोर्टले नेपाल आउन र रोकेको छ । करणवीर आफ्नो परिवारसँग नेपाल घुम्न आउने तयारीमा थिए । उनी आधार कार्डको माध्यमले नेपाल आउन लागेका थिए तर आधार कार्ड ट्राभल डकुमेन्ट होइन । नेपाल आउनको लागि पासपोर्ट अनिवार्य भएको हुदाँ उनलाई दिल्ली एयरपोर्टमै रोकेको हो ।
उनले नेपाल आउन नपाएपछि टुविटरमा आक्रोश पोख्दै लेखेका छन्, ‘नेपाल जानेबेला दिल्ली एयरपोर्टमा डिपोर्ट गरियो । आधार कार्डमार्फत् यात्रा गर्न अनुमती छैन । नेपाल सरकारले यसलाई स्विकार गर्दैन भने एयर इन्डियाले मलाई मुम्बईबाट उडान भर्नबाट किन रोकेन त ?’
करणको यो पोस्टपछि यात्रा गर्नु भन्दा अगाडी आफ्नो जरुरी डकुमेन्ट लैजानुपर्छ भन्ने थाहा थिएन भन्दै ट्रोल गरिरहेका छन् । एयर इन्डियाले पनि करणवीर बोहराको ट्वीटको उत्तर दिएको छ । जसमा नेपाल यात्रा गर्नका लागि पासपोर्ट अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ ।