find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निराजनको ‘गन्तव्य’मा सुरक्षाको एक्सन (भिडियो)

‘गन्तव्य’ बोलको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत भएकी छिन् । सोमबार प्रेसमिट गर्दै गन्तव्य सार्वजनिक गरिएको हो । भिडियो :

आरके खत्रीको स्वर रहेको गीतमा सूर्य अधिकारीको र्‍याप छ भने मेलोडी म्यूजिक गायक खत्रीले नै दिएका छन् । त्यस्तै, गीतमा गायक द्वय खत्री र अधिकारीको शब्द रचना छ । म्यूजिकलाई ठाउँ-ठाउँमा ब्रेक गर्दै भिडियोमा एक्सनलाई प्राथमिकताका साथ स्थान दिइएको छ । भिडियोमा सुरक्षाको अपोजिटमा निराजन प्रधानले अभिनय गरेका छन् । पैसाका लागि गलत काममा होमिएका उनीहरुबीचको प्रेम र पैसाका लागि निराजनले सुरक्षामाथि गर्ने गलत व्यवहारको कथा भिडियोमा देखाइएको छ ।

फिल्मका निर्देशक समेत रहेका हरी हुमागाईंले भिडियोको निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि उनी स्वयंको हो । शंकर महर्जनले द्वन्द्व निर्देशन गरेको भिडियोमा प्रविन श्रेष्ठको कलर, राजेश शाहको भिएफएक्स र दीपु पौडेलको मेकअप छ । उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन गरेको भिडियोलाई देवन प्रोडक्सनले निर्माण गरेको हो ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । उनले भनिन्, ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्सनमा भिडियो बनाउने निर्देशक हरी हुमागाईंको आइडिया मन पर्‍यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ ।’ उनले निराजनसँग लामो समयपछि काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

पहिलो पटक एक्सन जनराको म्यूजिक भिडियोमा काम गरेका निराजनले ‘गन्तव्य’ गीतको भिडियोले नेपाली समाजको अहिलेको अवस्था बोलेको बताए । भिडियोले महिलालाई मजबुत बन्न थप हिम्मत दिने उनको विश्वास छ । प्रधानले फिल्म नै बन्ने कथामा भिडियो बनेको बताउंदै निकट भबिष्यमा चलचित्रको सोच रहेको बताए ।

गायक खत्रीले भिडियोले गीतलाई न्याय गरेकोमा खुशी व्यक्त गरे । अन्याय र अत्याचारको विरुद्धमा महिलाहरु बलियो भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश भिडियोले दिने उनले बताए ।

त्यस्तै, निर्देशक हुमागाईंले म्यूजिक भिडियोमा एक्सन सिक्वेन्स राख्न चुनौतीपूणर् भए पनि आफूहरुले इमानदार प्रयास गरिएको बताए । सुरक्षाले तीन दिन एक्सन तालिम लिएर भिडियोमा एक्सन सिन दिएको उनको भनाई छ । एकै शैलीका म्यूजिक भिडियो बनिरहेको अवस्थामा केही पृथक गर्ने सोचले भिडियोलाई एक्सन शैलीमा तयार पारिएको उनी बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha