‘झिँगेदाउ’मा केकी, मुकुन, आँचल र कुशलको ठुम्का
फिल्म ‘झिँगेदाउ’को ‘ए माया तिमी बिना जीवन चल्दैन’गीतको छायाँकन गरिएको छ । बुधबार सुटिङ रिपोर्टका लागि ललितपुरस्थित श्रीकाली चौरमा मिडिया पुग्दा कलाकारहरु केकी अधिकारी, मुकुन भूषाल, आँचल शर्मा र कुशल विष्ट लोक लयको गीतमा कम्मर मर्काउँदै थिए ।
बुधबारै गीतको सुटिङ सकेर ईन्डक्ल्याप राखेका निर्देशक ज्ञानेन्द्र देउजा बर्षात् ले बर्बाद पार्यो भन्दै थकथकाइ रहेका थिए । कोरियोग्राफर रामजी लामिछाने पनि पानीले सुटिङ लम्बिन पुगेको बताए । यद्पी उनीहरु यो साता जसरी पनि गीतको सुटिङ सकिनेमा विश्वस्त देखिन्थें । अर्जुन पोखरेलको संगीत रहेको गीतमा शान्तिश्री परियार र प्रविण भेडवालले स्वार दिएका छन् ।
केकी, मुकुन, आँचल र कुशलले गीत र भिडियो दर्शकलाई मन पर्ने बताए । फिल्मप्रति नै उनीहरु आशावादी देखिए । झिंगेदाऊ को यो गीतसँगैसम्पूणर् सुटिङ सकिइनेछ । पोस्ट प्रोडक्सनमा रहेको फिल्मलाई भदौतिरै प्रदर्शनमा ल्याउने निर्देशक देउजाको योजना छ ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।