नम्रता बनिन् रामकृष्ण ढकालको ’काली’ (भिडियो)
गायक रामकृष्ण ढकालको स्वरमा ‘काली’ बोलकोसार्वजनिक भएको छ । बिहीवार राजधानीमा प्रेसमिट गर्दै वियोगान्त गीतको भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माको संगीत र चिन्तामणी सिवाकोटीको शब्द रचना र पुरुषोत्तम सुवेदीको एरेञ्ज छ । भिडियो :
सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकाल स्वयं फिचर्ड छन् भने नम्रता सापकोटा, दिपेश ढकाल र दिपेन गौतम माइकलको पनि अभिनय छ । भिडियोमा नम्रताले प्रेमलाई हलुका रुपमा लिएको पात्रको रुपमा प्रस्तुत छिन् । अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत् व्यक्त गरिएको छ।
गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर र साइव्रत आचार्यको स्टोरी बोर्ड रहेको छ । जया शर्मा क्रियटिभ डाइरेक्टर हुन् ।