खुश्बु र ज्ञानुको ‘सरमै भो’ सार्वजनिक (भिडियो)
भिम विसी र ममता हिङमाङको स्वरमा ‘सरमै भो’ गीत रिलिज भएको छ । गीतमा शब्द तथा संगीत विसीकै छ । मंगलबार प्रेसमिट गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो :
ध्रुव विश्कोको कथा, पटकथा र निर्देशन रहेको भिडियोमा बलत्कारको घटनालाई प्रस्तुत गरिएको छ । भिडियोमा खुश्बु खड्का, ज्ञानु नेपाली र साम्राज्ञा भट्टराईको अभिनय छ । सौरभ लामाको छायाँकन रहेको भिडियोलाई सम्पादन डिन्सन शाहले गरेका हुन् ।
‘सरमै भो’ को प्रेसमिटमा नायक आमेश भण्डारी र गायिका एन्जिाल गौतम पनि अतिथिको रुपमा उपस्थित थिए । आमेश र एन्जिलाले गीत सफलताको शुभकाना ।