पवनदीप र अरुणीताको स्वरमा ‘घाम झैं बलेकी’
एसपी सापकोटाको शब्द रहेको नयाँ गीत ‘घाम झैँ बलेकि’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै गीतको भिडियो सार्वजनिक गरियो । भिडियो :
सार्वजनिक गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र सोही सिजनकी प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा पछिल्लो सयमका चर्चित एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् ।
गीत बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको। ‘कैलाशा स्टुडियो’ मा रेकर्ड गरिएको हो । गीतलाई मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ । पवनदीप पनि पहिलो पटक नेपाली गीत गाउँन पाउँदा निकै खुसी भएका छन् । उनले गीतकार एस पी सापकोटाको शब्द मन परेको बताए ।
भिडियोलाई छायाँकार सुदिप बरालले निर्देशन गरेका हुन् । भिडियोको छायाँकन पनि उनकै छ । मौसम हिमालीको छायाँकन रहेको भिडियोमा कार्टुन क्रुकी आश्मा बिश्वकर्मा र साइनो नायक राजकुमारले अभिनय गरेका छन् । सम्पादन प्रबिण भट्टको छ ।