‘विवाह मज्जा हुँदो रहेछ’: सलोन/करिश्मा (६ तस्बिर)
नायक सलोन बस्नेतले मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग धुमधामसँग चन्द्रागिरीमा बिबाह गरे । त्यस्को पर्सीपल्ट अर्थात् मंसिर १४ गते सलोन र करिश्माको भव्य रिसेप्सन भयो ।
प्रेम सम्बन्धमा रहेर विवाह गरेका सलोन र करिश्माले विवाहलाई कसरी लिए त ? ‘खुसी भएर विवाह गरेपछि मज्जा आउँदो रहेछ’, सलोन करिश्मा दुवैले भने, ‘हामी एक अर्काका लागि नै बनेका रहेछौं ।’ उनीहरुले विवाह र रिसेप्सनमा सरिक हुने सबैलाई धन्यवाद समेत दिए । विवाहित जोडी सलोन र करिश्माका यी आकर्षक तस्बिरहरु हेर्नुस् :
तस्बिर : उद्धव रसाईली