पूजा किन प्रेमीलाई मिडियादेखि परै राख्छिन् ? (६ तस्बिर)
नायिका पूजा शर्मा युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेको खबर अब नौलो खबर रहेन । तर सलोन बस्नेतको रिसेप्सनमा भने पूजा र युद्धको नौलो दृश्य देखियो । प्रेमी पन्छाउँदै पूजा प्रेससँग प्रस्तुत भइन्, जहाँ सबै चकित परे ।
प्रेमीलाई पन्छाएर पूजा आफुले मात्रै मिडियासँग अन्र्तक्रिया गरिन् । किन त ? ऊ अलि लजालु स्वाभावको छ । मिडियासँग बोल्ने बानी परेको छैन्, डिजाइनर सुजनी मल्ल ठकुरीको डिजाइनमा सकिएकी पूजाले भनिन्, जे चिजको पनि सही समय आउँछ । एकै पटक सबै आयो मजा पनि आउँदैन् । हरेक कुरा बिस्तारै खुलेको राम्रो ।
उसो त आफु र युद्ध यतिबेला काममै व्यस्त भएको पूजाले खुलाइन् । पूजा र युद्ध मिलेर झम्सीखेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउँदैछन् । जुन चाँडै नै सञ्चालनमा आउँदैछ । अहिले हामी अरु कुरा भन्दापनि काममै व्यस्त छौं, पूजाले भनिन् ।
पूजा र युद्धको विवाह सम्भवतः आउँदो सालको बैशाखमा हुनेछ । त्यो अगाडी पूजाले अनमोल केसीसँग फिल्म खेल्दैछिन् ।
तस्बिर : उद्धव रसाईली