साम्राज्ञी र जितुको जोडीले तान्यो त दर्शक ?
डा.कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ गत शुक्रबारबाट प्रदर्शनमा आइरहेको छ । फिल्ममा अभिनेता जितु नेपाल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले शिर्ष भूमिका निभाएका छन् ।
जिुत र साम्राज्ञीको फिल्म ‘ह्यारी कि प्यारी’ले शनिबार सन्तोषजनक व्यापार गर्यो । शनिबार फिल्म युनिट राजधानीका केही हलहरुमा पुगेर दर्शकसँग साक्षत्कार समेत गरेका थिए । दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।
जितु र साम्राज्ञी सहित फिल्ममा बिजय बराल, लक्ष्मी गिरी लगायत कलाकारहरुको अभिनय छ । फिल्मले आशातित इनिसियल व्यापार भने गर्न सकेन ।
तस्बिर : उद्धव रसाईली