‘पुजार सार्की’का तीन स्टारको हलमा देखियो स्टारडम
फिल्म हलमा तीन स्टारको क्रेज देखिएको छ । आर्यन सिग्देल, प्रदीप खड्का र पल अभिनित फिल्म ‘पुजार सार्की’ले प्रदर्शनको पहिलो दिनमा नै दर्शकको उल्लेख्य साथ पाउन सफल भएको हो ।
प्रदर्शनको पहिलो दिन बिहिबार हल भ्रमणमा पुगेका पल, प्रदीप र आर्यनप्रति दर्शकले औधी प्रेम भाव देखाएका छन् । दर्शकको फिल्म प्रतिक्रिया समेत सकारात्मक छ । फिल्ममा समावेश विषयवस्तु र कलाकारको प्रस्तुतीलाई दर्शकले प्रशंसा गरेका हुन् ।
विकास सुवेदीको लेखन रहेको फिल्म ‘पुजार सार्की’मा आर्यन, प्रदीप र पलसँगै अञ्जना बराइली र परिक्षा लिम्बुको मुख्य भूमिका छ । फिल्मलाई संगीतकार सुभाष भूषालले निर्माण गरेका हुन् ।
तीन पात्र पुजार (आर्यन), मैतबहादु (प्रदीप) र मेघराज (पल) ले जातिय विभेद विरुद्ध साझा रुपममा संघर्ष गरेका छन् । अञ्जना (गौमाया) र परिक्षा (मैंया) को भूमिकामा छन् । फिल्मको आगामी दिनको व्यापार आक्रमक हुने देखिएको छ ।