सीतादेवीको मुख्य भूमिकामा ‘सानो संसार’ बन्ने
फिल्म ‘सानो संसार’को शुक्रबार कमलादी गणेश मन्दीरमा मुहूर्त गरिएको छ । फिल्मलाई निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् । फिल्ममा कलाकार सीतादेवी तिमल्सिनाले मुख्य भूमिका निर्वाह गर्दैछिन् । उनले मुहूर्त सट समेत दिइन् ।
मुर्हतमा फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता कुमारले नरिवल फोडेका थिए । फिल्ममा सीता सँगै राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहनेछ । यी सबै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आगामी जेठबाट फ्लोरमा जाने फिल्मको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिनेछ ।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रा.ली प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माता अर्जुन कुमारले बताए । फिल्ममा सम्पुणर् नयाँ कलाकारलाई लिएर आफुले काम गरेको र एक पटक सबै नयाँ नै हुने भएकाले आफुले प्रोहत्सान गरेको उनले बताए । १६ वर्ष अगाडी यही नाममा स्वर्गिय आलोक नेम्वाङले निर्माण गरेको फिल्मसँग कुनैपनि सम्बन्ध नरहेको समेत उनले बताए ।
सिद्धार्थले यही फिल्मबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । मुहूर्तसँगै फिल्मको प्रदर्शन मिती समेत तय गरिएको छ ।
फिल्म ‘सानो संसार’ आगामी दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउने घोषणा गरिएको छ ।