आर्टमाण्डुको ‘ऊनको स्वीटर’को एलेक्स र परिक्षाबाट सुट सुरु
आर्टमाण्डुको पहिलो प्रस्तुती फिल्म ‘ऊनको स्वीटर’को छायांकन सुरु भएको छ । पाँचथरको साधुटारबाट छायांकन सुरु गरिएको हो । फिल्मको छायांकन सेड्युल ३५ दिनको रहेको निर्देशक नवीन चौहानले जानकारी दिएका छन् ।
सुटिङको पहिलो सर्ट नव नायक एलेक्स पारस र अभिनेत्री परिक्षा लिम्बुले दिए । फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका छ । उनीहरुले केही दिनमा छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक चौहानकै लेखन रहेको फिल्मलाघ सुरज कटुवालले सहलेखन गरेका छन् । फिल्मलाई चिन्तनराज भण्डारीले खिच्दैछन् ।
‘ऊनको स्वीटर’मा एलेक्स पारस, परीक्षा लिम्बू, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे, नरेश लावती लगायतले पनि अभिनय गरेका छन् ।
फिल्मलाई असोज-कात्तिकतिर रिलिज गर्ने लक्ष्य राखिएको छ । के माया लाग्छ र, तिनपाते, बाफ, जस्ता साँगीतिक फिल्मको सफलता पश्चात् आर्टमाण्डुले ऊनको स्विटर फिल्म निर्माण गर्न लागेको हो ।