नीता ढुंगाना ‘ह्रस्व दीर्घ’ बाट बज्र हातमा लिएर आइन
अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर क्रोधित मुद्रामा उभिएको देख्न सकिन्छ ।
सार्वजनिक पोस्टरमा नीताको दायाँबायाँमा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ-आफ्नो चरित्रमा देख्न सकिन्छ । असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय नेपाली फिल्म हो । उनले यसअघि केही भोजपुरी फिल्मको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त नेपाली सिनेमा क्षेत्रमा द्धन्द्व निर्देशकको रुपमा स्थापित थिए ।
फिल्ममा नेपाली र दक्षिण भारतीय फिल्मका चर्चित कलाकारहरु नीता र हरिहरसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।
हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । फिल्ममा मित्र डि. गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।