find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रिमियरमा ‘बाटोः रोड टु डेथ’ लाई ‘छुटाउनै नहुने’ प्रतिक्रिया

यही शुक्रवार बाट प्रदर्शनमा आउने फिल्म ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ प्रिमियर शो आयोजना गरियो । प्रिमियरमा सहभागीले यो फिल्मको प्रशंसा गरेका छन् ।नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो फिल्म हेर्ने सबैले प्रशंसा गरेको बताए ।

उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए । उनले भने, “नेपाली फिल्मको स्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । आजकल दर्शक फिल्ममेकर बन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले फिल्म राम्रो नै बनाउनु पर्छ।”फिल्मका अभिनेता सुलक्षण भारतीले यो फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । उनले यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको समेत बताए । अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । अभिनेत्री रक्षा थापाले यो फिल्ममा एकदमै धेरै भावना जोडिएको बताइन् । उनले ‘बाटो’ हेर्दा फिल्म सकिएको थाहा नै नहुने बताइन् । अभिनेत्री मिथिला शर्माले यस फिल्ममा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन् ।

फिल्म बाटो हालसम्म नेपालमा बनेका फिल्महरू मध्ये बिलकुल फरक बनेको र यो यसले दर्शकलाई एउटा बाटोमा डोर्‍याउन सफल रहने प्रतिक्रिया प्रिमियर शो पछि प्रतिक्रिया दिँदै सहभागीले बताए । फिल्म प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए ।
फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।


फिल्म बाटो को प्रिमियर इभेन्टलाई वि.सं २०३५ सालदेखि सक्रिय राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले बोन्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो । प्रिमियरमा राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी, राठी कोलका सिईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका एचओडी रिदम शाह लगायत उपस्थित थिए। अध्यक्ष राठीले फिल्म क्षेत्रमा पहिलो पटक जोडिएर काम गर्न पाउँदा गर्व महसुस गरेको र आगामी दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha