find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पुजार सार्की’ हेर्दा भावुक भए बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फिल्म ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन् । बिहीबार दिउँसो फिल्म हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताए।

“म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ । ‘पुजार सार्की’ हेर्दा हेर्दै म भावुक भएँ, कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ,” उनले भने “यो लामो लडाइँ हो । जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ । धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ । यो मुद्दालाई यो फिल्मले गहिरो गरी उठाएको छ ।”


भट्टराईले जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनु पर्ने बताए। उनले भने, “म आफैले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिए, यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ । यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ ।” भट्टराईले यो फिल्मले सन्देश त दिएको छ नै साथमा दर्शकलाई मनोरञ्जन पनि दिएको बताए । उनले राज्यले यस प्रकारका चलचित्रलाई कर छुट दिनुपर्ने विचार राखे ।

त्यस्तै, दोस्रो पटक ‘पुजार सार्की’ हेर्न पुगेकी पूर्व मन्त्री तथा बाबुराम पत्नी हिसिला यमीले राजनीतिकर्मीले यो फिल्मको पात्र मेघराजले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गरिन् । उनले भनिन्, “प्रधानमन्त्री प्रचण्ड ‘मेघराज’ जस्तो हुनुपर्ने तर के भइदिनुभयो हामीलाई थाहै छ।” उनले वास्तविक मुद्दा बोक्ने सधैँ अल्पमतमा परिरहेको बताउँदै आफूहरू चलचित्रमा मेघराज पात्र जस्तै सधैँ क्रान्तिकारी रहेको र सोही पात्रजस्तै सधैँ अल्पमतमा परेको बताइन् ।

फिल्मका लेखक बिकास सुवेदीले पुर्ण रूपमा कम्युनिस्ट आन्दोलनमा रहेकाहरूकै कथा नभएता पनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो चलचित्रमा रहेको बताए। सुवेदीले भने, “उहाँहरूले यो स्तरको प्रतिक्रिया दिनु मेरो लागि ठुलो सफलता हो। मूल मुद्दामा अडान लिने मानिसहरू मुद्दाबाट पर पर पुग्नु र अवसरवादीहरू अगाडि आइरहेको कम्युनिस्ट आन्दोलनमा देखिएको छ। त्यो कुराको असन्तुष्टि म भित्र पनि रहेछ भन्ने लागेको छ । लेखकको हिसाबले उहाँहरूको प्रतिक्रिया मैले अस्कर पाएजस्तै हो ।”

गत जेठ १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ यो बिहिबारबाट चौथो सातामा प्रवेश गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha