find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

टुँडीखेलबाट सुरु भएको दया र मिरुनाको ‘घरज्वाइँ’ प्रचार

असार २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘घरज्वाइँ’ निर्माण टिमले प्रचार प्रसार सुरु गरेको छ । शनिबार अर्थात् असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए ।

शनिबार भूमे पर्वको शुभारम्भ नेपाल सरकारका माननिय अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।

फिल्मको कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफु भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन फिल्ममा बाँच्न पाएको र आफुले यो कारेक्टरलाई न्याय दिने दिलोज्यान लगायकाले सवैलाई मन पर्ने विश्वास व्यक्त गरेका थिए । यो फिल्म मगर समुदायमा आधारित भएतापनि स  नेपाली फिल्मप्रेमी दर्शकलाई मन पर्ने बताए ।

फिल्मकी मुख्य अभिनेत्री मिरुना मगरले आफु सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको बताइन् । ‘घरज्वाइँ’ले आफुलाई यो अवसर जुराएको भन्दा निर्माता जनक घर्तीमगर र निर्देशक अनिल बुढामगरलाई धन्यवाद दिइन् । मिरुनाले आफु पूर्वेली मगर भएकाले पनि पश्चिमको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा थियो । यो अवसर ‘घरज्वाइँ’ले जुराएको छ । आफुले सिनेमाको पात्रको रुपमा आफ्नो संस्कार र संस्कृतिलाई देश तथा विदेशमा चिनाउने अवसर पाएकोमा खुशी व्यक्त गरिन् ।

यस्तै भूमे पर्वमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि फिल्मले दर्शकको मन जित्ने विश्सास व्यक्त गरेका थिए । निर्देशक अनिल र निर्माता जनकले लामो समयदेखि आफुहरुले यस्तो खालको सिनेमा निर्माण गरिरहेको र सो सिनेमामा दयाहाङ र मिरुनालाई अभिनय गराउने कुरा गदाई आफुले नपत्याएको समेत बताए ।

‘आज आफ्नै अगाडी दयाहाङ र मिरुना फिल्म प्रचारको लागि आएको देख्दा निकै खुशी लागेको भन्दै दुवै जना भर्सटायल कलाकार रहेकाले आगामी दिनमा अझै सफलताको मेरो तर्फबाट दिन चाहान्छु’, अर्थमन्त्री पुनले भने, ‘केही समयअघि दयाहाङ जी जारी सिनेमामा लिम्बु समुदायको प्रतिनिधि पात्र भएर मिरुना जीलाई तान्दै हुनुहुन्थ्यो । अहिले हामी मगर समुदायको घरज्वाइँ बन्नु भएको छ । आगामी दिनमा हरेक नेपाली समाजलाई जोड्ने सिनेमामा अभिनय गर्दै जानु होला मेरो शुभकामना छ ।’

जिएम मूभीज र एबीएम फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्म ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha