केकीको ‘बोक्सीको घर’ले पार गर्यो गौरवमय ५१ दिन
अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’ले प्रदर्शनको गौरवमय ५१ दिन पुरा गरेको छ । केकीको यो फिल्मले शनिबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा यो सफलता हात पारेको हो ।
केकीको फिल्म अन्य हलहरुमा समेत दुई साता भन्दा बढी बम्परसँग चलेको थियो । नेपालको सफलता पश्चात् अभिनेत्री तथा निर्मात्री अधिकारी यतिबेला फिल्म प्रदर्शनका लागि विदेशमा छिन् । बोक्सीको घर केकीको करिअरकै सर्वाधिक फिल्म बन्न पुग्यो । उनी फिल्म प्रदर्शन भएदेखि नै दर्शकप्रति आभारी छिन् । आफ्नो पहिलो निर्माण फिल्मबाट केकीलाई करोड भन्दा बढी नाफा हुने निश्चित छ ।
‘बोक्सीको घर’ले सफलता हात पार्नुमा यो फिल्ममा समावेश बुझिंन मैंले गीत प्रमुख रह्यो । जस्को सृजना प्रकाश सपुतले गरेको हुन् । यो सँगै नायिका केकी अधिकारीको मिडिया क्याम्पियनिङ र फिल्मको कन्टेन्ट पनि फिल्म सफल हुनुमा बाँकी कारण बने।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’मा केकीसँगै सुपला सापकोटा, रमा थपलिया, श्वेच्छा राउत, शोबिता अधिकारी, सविन बाँस्तोला लगायत अन्य कलाकारहरुको अभिनय छ ।
‘बोक्सीको घर’ सफल भएपनि “एउटा सर्जक र उस्को कामको मुल्याङकन के अवश्यकता बिषय होइन र ?” भन्दै कलाकार, लेखक तथा निर्देशक भारतीले आइतबार सामाजिक सञ्जालमा सेयर गरेका छन् ।