find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ’ : कुन्साङ बोमजन

मोडलिङ मार्फत उदाएका मोडल कुन्साङ बोमजन फिल्म ‘दान्भी’मार्फत ठुलो पर्दाको अभिनयमा ‘डेब्यू’ गर्दैछन् । यही असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्मबाट उनी निकै आशावादी र उत्साहित छन् ।

फिल्म दान्भीमा ‘सारांश’ पात्रमा देखिएका कुन्साङ आफ्नो चरित्रबारे त खुल्दैनन्, तर आफ्नो काम दर्शकले स्वीकार्नेमा ढुक्क छन् । ‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ । तर अहिले भन्न मिल्दैन । फिल्म हेरेपछि थाहा हुन्छ । मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ । फिल्ममा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु’ कुन्साङ भन्छन् ।

सेन्ट जेभियर्सबाट पास आउट कुन्साङ स्कुल पढ्दादेखि नै नाटकका कलाकार र कराँतेका खेलाडी रहेछन् । ‘मैंले कक्षा ३ देखि ११ सम्म मार्सल आर्ट गरें । ११ पछि मार्सल आर्टको काम रोकियो । मार्सल आर्टले अहिलेसम्म निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न सजिलो हुन्थ्यो । तर बीचमा ग्याप भएपछि यही फिल्मका लागि मैंले ६ महिना एक्सन प्राक्टिस गरें’, कुन्साङ भन्छन् ।


कुन्साङ दर्शकले फरक एक्सन थाहा पाउन ‘दान्भी’ हेर्नुपर्ने दाबी गर्छन् । ‘नेपाली फिल्म क्षेत्रमा एक्सन फिल्म नआएको धेरै भएको थियो । त्यसमाथि महिलालाई लिडमा लिएर एक्सन भएको त धेरै कमी नै छ । पहिला रेखा थापाले ठूलो छाप छोड्नुु भएको थियो, त्यसपछि कोही अभिनेत्री एक्सनमा देखिनुभएको थिएन । पुजाजीले निकै मेहनतका साथ एक्सन गर्नुभएको छ । फिल्ममा एक्सन कथावस्तु अनुसार गएको छ’, उनी भन्छन् ।

म्युजिक भिडियोको आफ्नो रोमान्टिक छविलाई ‘दान्भी’ले परिवर्तन गर्नेमा उनी ढुक्क छन् । ‘दर्शकले गीत, ट्रेलरमा मेरो लुक्स देखिसक्नुभएको छ । अझ म्युजिक भिडियोमा मेरा फ्यानले मेरो काम देखिसक्नुभएको छ । अब यो फिल्म हेरिसकेपछि मेरो अभिनय क्षमता कस्तो रहेछ भनेर थाहा पाउनुहुनेछ’ कुन्साङ भन्छन् ।

फिल्मको स्क्रिप्टमा आफ्नो चरित्रका कारण ‘दान्भी’मा जोडिएको कुन्साङ बताउँछन् । ‘सुरुदेखि अन्त्यसम्म मेरो जुन क्यारेक्टर गएको छ, त्यो फिलिङ, इमोसनमा आफूले काम देखाउन पाएको छु । दर्शकका लागि मेरो काम फेरी फरक लाग्न सक्छ,’ उनी भन्छन् ।

स्कूल पढ्दा उनले कक्षा ६ देखि १२ सम्म विभिन्न कथावस्तुका नाटकमा प्रमुख भूमिकामा अभिनय गरे । विदेशबाट आएका कलाकारले पनि उनीहरुलाई नाटक सिकाउँथे । त्यहीकारण उनले अभिनय सिक्नुपर्ने अवस्था खासै आएन । नेपाली र अङ्ग्रेजी नाटकको अभिनयले उनलाई ‘हिरो’ हुन्छु भन्ने नभए पनि फिल्ममा चाहिँ अभिनय गर्छु भन्ने उसबेलै लागेको रहेछ ।

रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ मा पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु राना लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha