find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पूजा शर्माको ‘दान्भी’लाई मल्टिप्लेक्समा सुखद् शो

पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ ले सुखद् शो पाएको छ । शुक्रबार, असार ७ बाट प्रदर्शनमा आउने फिल्मको बुधबारदेखि मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।


क्युएफएक्सनले पहिलो दिनका लागि यो फिल्मलाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ । आईएनआई १२, वान सिनेमाज ७, एफक्युब, बिएसआर,बिग मुभीज रन्जनालगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले उत्साहजनक शो पाएको छ। उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा हलमा यो फिल्म रिलिज हुँदैछ ।

रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री शर्मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । फिल्ममा पूजाको सँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ । फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता छन् ।

सिनेमामा सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha