find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘घरज्वाइँ’ को विषय बारे के भन्छन् दयाहाङ राई ?

फिल्म ‘घरज्वाइँ’ यही असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता दयाहाङ राईले शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको गत साता प्रोमो रिलिज गरियो । जहाँ अभिनेता राईले फिल्मको विषयमा विभिन्न कुराकानी गरे ।

“हामी साधारणतय बिहे गरेर ल्याएकी बुहारी अथवा बिहे गरिदिन लागेकी छोरीले कसरी समाज, परिवार, सासु ससुरालाई रिझाउन सक्छे होलो भनेर सोच्छौँ,” दयाहाङ भन्छन्, “अथवा घर गरेर खानालाई बुहारीमा अथवा छोरीमा यस्तो क्षमता चाहिन्छ अथवा हुनुपर्छ भनेर सोच्छौँ त्यो क्षमता मगर समुदायमा ज्वाइँ अथाव भान्जामा खोज्ने चलन रहेछ । यही कथामा सिनेमा बनेको छ ।”

फिल्मको कथाले आफ्नो दिमागमा रहेको नेपाली समाजमा छोरी बुहारीको भूमिकामा विषयमा रहेको सोच नै परिवर्तन गरिदिएको दयाहाङको भनाइ छ । यस अर्थमा सुरुमा भने केही असहज भएको उनले बताए । तर समुदाय र ठाउँ अनुसारको कल्चर हुने र त्यही विविधता नै नेपाली समाजको सुन्दर पक्ष भएको उनको भनाइ छ ।

“यो खालको कल्चर मंैले नजिकबाट नियाल्ने मौका पाएको थिइनँ । यो फिल्म मार्फत यसलाई जनिकबाट अध्ययन गर्ने र सिनेमाको पात्रको जीवनमा मात्रै भए पनि जिउने मौका मिल्यो,” उनले भने, “मेरो दिमागमा रहेको केही परम्परागत सोच पनि परिवर्तन भयो बुहारी र ज्वाइँलाई लिएर ।” निर्देशक अनिल बुढा मगरले फिल्ममा माटोको कथा रहेको बताए । कुनै पनि फिल्म, साहित्य वा संगीतमा माटोको प्रतिबिम्ब झल्किनु पर्ने र त्यहीअनुसार बुझ्नुपर्नेमा उनको जोड छ ।

जुन ठाउँको कथा हो, त्यही परिवेश, भाषा र कलर नै सिनेमामा आउने र त्यही नै सवल पक्ष भएको उनको तर्क छ ।त्यसैले ‘घरज्वाइँ’को संबाद पनि स्थानीयले बोल्ने भाषाबाट लिइएको उनको भनाइ छ । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha