find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘निलम्स अवार्ड २०२४’ मा करिश्मा, पूजा, श्वेता र रेनशा

प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड सम्पन्न भएको छ । शुक्रवार राजधानीको योग मुभी गार्डनमा अवार्ड सम्पन्न भएको हो। उक्त रेस्टुरेन्ट कलाकार तथा कोरियोग्राफर तेञ्जु योञ्जनले विगत केहि बर्ष देखि संचालनमा ल्याउदै आएका छन् । अवार्ड कार्यक्रम ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाज सेवी निलम पौडेलको एकल पहलमा सम्पन्न भएको हो ।

अवार्ड समारोहमा अवार्डमा एलजीबिटीआक्यु समुदायमा अमूल्य योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित गरियो । यस वर्ष, एलजीबिटीआक्यु समुदायको संरक्षण र प्रवर्द्धन गर्न सामुदायिक स्तरमा लामो समयदेखि प्रयास गरेकोमा प्रत्येक प्रदेशबाट एक जना सहित सात व्यक्तित्वहरू सम्मानित भएका हुन् । कोसी प्रदेशबाट देवनारायण चौधरी, मधेस प्रदेशबाट अब्दुल शाहमद (नाग्मा), वाग्मती प्रदेशबाट किरण थापा, लुम्बिनी प्रदेशबाट रजनी थकाली, लुम्बिनी प्रदेशबाट रेसम न्यौपाने, कर्णाली प्रदेशबाट अञ्जली बिसी तथा सुदूरपश्चिम प्रदेशबाट राजु लामा सम्मानित भएका थिए।

“हामी विश्वास गर्छौँ कि एलजीबिटीआक्युस मुदायको उपलब्धि र योगदानहरू मनाएर, हामी समानता र स्वीकृति तर्फ थप प्रगतिलाई प्रेरित गर्न सक्छौँ । हाम्रो समुदायका सदस्यहरू पनि कुनै पनि प्रकारको काम गर्न सक्षम छन् । यो कार्यक्रम एलजीबिटीआक्यु आन्दोलनमा यी कार्यकर्ताहरूले खेल्ने निर्णायक भूमिकालाई स्वीकार गर्न र तिनीहरूका उपलब्धिहरूको दृश्यता बढाउने दिशामा एक महत्वपूर्ण कदम हो,“क्रमशः इन्टरटेनमेन्टका निर्देशक निलम पौडेलले एलजीबिटीआक्यु समुदायका व्यक्तिहरूको समस्यामा ध्यानाकर्षण गराउने धेरै रिपोर्टहरू र समाचारहरूका बाबजुद पनि यौन र लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उनीहरूको आधारभूत मानव अधिकारको कानुनी मान्यताको कुरा गर्दा बेवास्ता गरिँदै आएको दुःखद यथार्थ हो।’’

लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई उनीहरूले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभावमा प्रकाश पार्न गत वर्ष २०२३ देखि निलम अवार्ड कार्यक्रम सुरु गरिएको हो । साथै, अवार्ड कार्यक्रममा मिस पिंक नेपाल २०२४ अनमोल राई, फस्ट रनर अप सरोसी न्यौपाने र सेकेन्ड रनर अप आरोही बस्नेतलाई सामाजिक परिवर्तनप्रतिको समर्पणको लागि अचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो। यस वर्षदेखि, महामहिम पुरस्कार पनि सुरु गरिएको छ, जसले समुदायलाई सहयोग गरेकोमा वार्षिक दुई देखि तीन व्यक्तिहरूलाई मान्यता दिई रहेको छ। यो वर्ष दुई ड्रेस डिजाइनर सञ्चिता बराल र सोनम सुब्बा लिम्बुले उक्त अवार्डबाट सम्मान भएका थिए ।

ब्लगर लेक्स लिम्बुले सञ्चालन गरेको अवार्ड कार्यक्रममा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले प्रमुख अतिथिको रूपमा उपस्थिति थिइन भने भर्खरै अमेरिकाबाट नेपाल आएकी अर्की अभिनेत्री पूजा चन्द, अभिनेत्री श्वेता खड्का, मिस युनिभर्स शोफिया भुजेल, प्राइम टेलिभिजन कार्यक्रम प्रस्तोता बिना श्रेष्ठ र सञ्चारकर्मी आरती चटौतले प्रदान गरेका थिए । कार्यक्रममा समुदायका सदस्यहरूले मनोरञ्जनात्मक नृत्यहरू पनि पस्किएका थिए ।

अवार्ड समारोहको मुख्य उद्देश्य नेपालमा एलजीबिटीआक्यु समुदायको अधिकार र कल्याणलाई अगाडि बढाउन असाधारण समर्पण र प्रयास प्रदर्शन गरेका व्यक्ति र संस्थाहरूलाई एकै ठाउँमा ल्याउने रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha