find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मगर संस्कृतिमाथि ‘घरज्वाइँ’ : दया र मिरुनाको प्रशंसा

यो शुक्रबार अर्थात् असार २८ गतेबाट प्रदर्शन हुने फिल्म ‘घरज्वाइँ’ को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरियो । प्रिमियरमा कलाकर्मीदेखि राजनीतिज्ञसम्म उपस्थित थिए ।

प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले प्रिमियरमा फिल्म हेरे पश्चात भनिन्, ’यो सिनेमाले मगर सम्प्रदायको त्यो पनि पश्चिमतिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले खाम बोल्छन् । हामी पूर्वको मगर हामी चाहीँ मगर भाषा भन्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं । रुकुमको तकसेरा क्षेत्रको कथा उठान गरेको सिनेमामा टिपिकल कुराहरु सिनेमाले उठाएकाले घरज्वाइँ उत्कृष्ट बनेको छ ।’


अभिनेत्री उपासना सिंह ठकुरीले पनि फिल्म निकै मन परेको बताइन् । यो फिल्मको स्टोरी लाइन नै एकदमै फरक लाग्यो । म सुदुरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो । यो फिल्मले महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिएर चाहीँ पहिलो प्रथामितामा राख्ने संस्कृति राम्रो लाग्यो । यसले गर्दा फिल्मले आफुलाई छोएको उनले बताइन् । अभिनेता कुन्साङ बम्जनले पनि फिल्मको कथावस्तु र प्रस्तुती निकै मन परेको बताए । फिल्मका मुख्य अभिनेता दायाहाङ राईले मगर संस्कृति निर्देशक अनिलले ५ बर्ष अगाडी कन्सेप्ट बनाएर गरेको तयारी यतिवेला भाको भएदेखि म नहुँन पनि सक्थे होला । तर, त्यो वेलादेखिको हाम्रो एउटा प्लानिङ भएर यो प्रोजेक्ट भएको बताए । साथै, ‘घरज्वाइँ’ मगर कल्चर हो । कल्चरमाथि इन्ट्रेस्ट हो मेरो । हरेक कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोशिस गर्छु । अझ मैले गर्ने काममा नै यी कुराहरु आउँदा त म एकदमै खुशी छु । मैले नढाटी भन्दा चाहीँ म मगर संस्कृतिबाट निकै नै टाढा नै हो । मेरो जिल्ला र गाउँमा नै मगरहरु निकै कम हुनुहुन्छ । त्यसैले पनि यो सिनेमा सवैले हेरेर सहयोग गर्नु हुन्छ भन्नेमा विश्वस्त छु ।

अभिनेत्री मिरुना मगरले पनि ‘घरज्वाइँ’ हेरेपछि मिडियासँग प्रतिक्रिया दिने क्रमममा हामी सानैदेखि हुर्किदा पूर्वमा हुर्केको हो । मेरो घर धरान भएको कारणले मैले पूर्वेली तरिकाले मगर समुदायमा के-के गरिन्छ । त्यहाँको कल्चरहरु चाहीँ मैले देख्दै घरमा पनि त्यो कुराहरु लागु गर्दै हुर्केको हो । तर, यो फिल्ममा काम गरिरहँदा हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा मैले महसुस गरे । पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुम म कैले पुग्छु भनेर सोचेको पनि थिइन् । त्यहाँ पुग्दा मैले जुन देखेको थिए । मगर कल्चर त्यो भन्दा अझै बढि रैछ । भिन्न भिन्न किसिमको रैछ भन्ने जान्न र बुझ्न पाए । त्यसैले सम्पुणर् नेपाली फिल्मका दर्शकले पनि मगर कल्चर जान्न र बुझ्नको लागि पनि यो सिनेमा हेर्न जरुरी छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रिमियर शोमा फिल्म हेर्न प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, ’खुस्मा’ निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई लगायत अन्य कलाकर्मीको उपस्थित थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha