अनमोल केसीले तिरे पचास लाख पारिश्रमिकको कर
फिल्म ‘फर्की फर्की’ व्यापारिक रुपमा सफल बन्यो । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका छ । नेपाल पश्चात् निर्देशक, नायक र नायिका विदेशका आयोजित शोहरुमा सहभागी भैरहेको छन् ।
फिल्म व्यापारिक रुपमा सफल भएतापनि निर्माता रोहित अधिकारीले यस्को हिसाब भने सार्वजनिक गरेका छैनन् । यद्पी निर्माता अधिकारीले अभिनेता अनमोल केसीले पारिश्रमिक वापत् तिरेको करको रसिद भने सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । कर बापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन् ।
अनमोलले पहिलो पटक आफूले प्राप्त गरेको पारिश्रमिक बापत तिरेको करको रकम सार्वजनिक गरेका हुन् । यस अगाडी सम्भवतः कुनै पनि कलाकारले आफुले पाएको पारिश्रमिकको तिरेको कर सार्वजनिक रुपमा खुलाएका थिएनन् । अब अनमोल नयाँ फिल्म जेरी अन टम गर्दैछन् । जहाँ जसिता गुरुङ र आँचल शर्मा अनुबन्धित भएका छन् ।