नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’मा रेखा थापाको प्रवेश
नीता ढुंगानाले पहिलो पटक निर्माण गर्दै गरेको फिल्म ह्रस्व दीर्घ मा अभिनेत्री रेखा थापालाई समेत हेर्न पाइने भएको छ । यद्पी निर्माण पक्षले रेखाको भूमिका बारे केही पनि खुलाइएको छैन् ।
सेटबाट सार्वजनिक तस्बिरमा रेखा, सहित निर्देशक चन्द्र पन्त र नीतालाई देख्न सकिन्छ । तस्बिरमा उनीहरु स्क्रिप्टमा छलफल गरिरहेको अनुमान लगाउन सकिन्छ । निर्देशक पन्तले फिल्ममा थापाको छोटो तर महत्वपूणर् भूमिका रहेको बताएका छन् । हाम्रो फिल्ममा लेडी किङ थापाबाट दर्शकले ठूलो सरप्राइज पाउँछन्’ उनले भनेका छन् । निर्देशक पन्तको पनि यो फिल्म डेव्यु निर्देशकिय फिल्म हो ।
रमाइलो संयोग त के छ भने फिल्म ‘ह्रस्व दीर्घ’ मा तीन मितिनीको भेट भएको छ । बिपना थापा र रेखा थापाको ‘मितिनी’मा नीताले रेखाको बाल उमेरको भूमिका निर्वाह गरेकी छन् । नीताको फिल्ममा बिपनाको महत्वपूर्ण भूमिका छ भने रेखाको समेत विशेष भूमिकामा प्रवेश भएको हो ।
यो फिल्म संवधिान दिवसको अवसरमा असोज ३ गते रलिजि हुँदैछ । फिल्मको यतिबेला पोष्ट प्रोडक्सनको कार्य चल्दैछ । एउटा गीत छायांकनको लागी युनिट मुम्बई जाने तयारीमा समेत रहेको उनले बताइन् । उक्त डान्सिङ नम्बरलाई बलउिडका चर्चति कोरियोग्राफरले नृत्य निर्देशन गर्ने उनको भनाई छ ।
नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा हरिहर अधिकारी, चर्चित दक्षिण भारतिय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान बलिउड कलाकार प्रदीप रावतसँगै नेपालका विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झाको पनि अभिनय हुनेछ ।