‘बुलाकी’ मार्फत करण परियारको पाश्र्व गायनमा डेव्यु
नेपाल आइडल सिजन पाँच विजेता करण परियारले पाश्र्व गायन डेव्यु गरेका छन् । करणले फिल्म ’बुलाकी’ मा पहिलो पटक सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा पहिलो पटक फिल्मको गीतमा आफ्नो स्वर रेकर्ड गराएका हुन् । फिल्म बुलाकी साउन ३२ गतेबाट पुनः प्रदर्शन हुँदैछ ।
फिल्ममा करण र गायिका समिक्षाको स्वर रेकर्ड गरिएको हो । आफुहरूको स्वरवद्ध गीतले फिल्मको व्यापारिक पक्षलाई समेत सघाउने विश्वास करण र समिक्षाले विश्वास व्यक्त गरे । बाबुल गिरीको शब्द एवं संगीतमा तयार दुबै गीत एक हप्ताको अन्तरमा अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता विराज विष्टले बताए । कणर्ाली भेगको जारी प्रथाको कथावस्तुलाई फिल्मले प्रस्तुत गरेको छ ।
फिल्मलाई पुनः सम्पादन सहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्टको दाबी छ । यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् ।
स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ’बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । फिल्मको कथा तथा पटकथा राजबहादुर सानेको हो ।
देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा तो फिल्मले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा उत्कृष्टको अवार्ड जितिरहेको छ ।