‘सक्किगोनि’ टिमको ‘लाज शरणम’ घोषणा, शिवरात्रीमा रिलिज
सफल र चर्चित टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले ‘लाज शरणम’ नामक फिल्म निर्माण गर्ने भएको छ । निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर शुक्रबार फिल्म निर्माण तथा निर्देशन बारे औपचारिक रुपमा जानकारी गराइएको हो ।
फिल्मको निर्माण घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । फिल्मको मार्केटिङ ब्रान्डिङ पाटर्नरको रुपमा सिनेमाको घोषणा कार्यक्रममा नै एडी रिलिजसँग सम्झौता गरिएको हो । सिनेमामा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।
सुदीप बरालको छायांकन रहने फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यो सिनेमाबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन् । सिनेमामा सक्किगोनि टिमबाट को-को कलाकार रहने तथा अन्य कलाकारहरु को-को रहने भन्ने विस्तारै सार्वजनिक गरिने जानकारी सिनेमाको घोषणा कार्यक्रममा जानकारी दिइयो ।
यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ । फिल्मको घोषणा कार्यक्रममा यो सिनेमा हरिवंश आचार्य, दीपाश्री निरौला, रंग पत्रकार प्रकाश सुवेदी लगायतले सफलताको शुभकामना दिएका थिए ।
यस्तै फिल्मको घोषणा कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो ।