find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सानोमा नक्कली साम्राज्ञी, नाम थियो ‘लाटी पुतली’

नयाँ पुस्तामा रुचाइएकी नायिका हुन्,  साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी अभिनित एक मात्र फिल्म ‘ड्रिम्स’ प्रर्दशनमा आएको छ । तीन फिल्महरु ‘ए मेरो हजुर २’, ‘तिमी सँग’ र ‘मङ्गलम’ (अतिथि भूमिका) प्रर्दशनको तयारीमा छन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को प्रि प्रोडक्सन चल्दैछ । साम्राज्ञीलाई नेपाली फिल्म क्षेत्रमा प्रवल सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । तर एकै फिल्मको सफलताबाट भने कुनै पनि कलाकारको भविष्य निर्धारण गर्न मिल्दैन् । साम्राज्ञीको हकमा पनि यही लागु हुन्छ । जे होस्, साम्राज्ञी वर्तमान युवा पुस्तामा रुचाइएकी नायिकामा पर्छिन् । यी युवा पुस्ताकी ढुकढुकी बाल्य कालमा चाहिं कस्ती थिइन् त ? उनकी आमाले रमाइलो छ डटकमसँग साम्राज्ञीको बाल्यकाल बारे धेरै कुरा खोलेकी छिन् ।

भाई, आमा र बुवासँग साम्राज्ञी । 

साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाह भन्छिन्, ‘सानोमा एकदमै चञ्चले थिइन् साम्राज्ञी । चकचक साह्रै गर्थिन । तर बुझकी पनि थिइन्, आफूभन्दा ठुलाले भनेको कुरा मान्थिन । सानोमा उनलाई सबैले माया गरेर ‘लाटी पुतली’ को नामले बोलाउँथे । उनको नाम नै ‘लाटी पुतली’ भैसकेको थियो । आमा भन्छिन् ‘उ एकदमै चकचक गर्थी तर साह्रै सोझी थिइ । सानोमा जसले जे भने पनि मान्ने भएकाले उसको नाम नै ‘लाटी पुतली’ राखिदिएका थियौं ।’ सानै देखि मेकअपमा साह्रै मन लगाउँथिन साम्राज्ञीे । आमाको सबै लिपस्टिक चोरेर लगाउँने उनको बानी थियो । सधैं ऐनाको अगाडी उभिने गर्थिन उनी । आमा भन्छिन ‘उसलाई मेकअप चाहीं एकदमै मन पर्छ, कहिले काही म बाहिर गएर घर फर्कंदा मेरो सब नँया लिपस्टिक बिगर्दिन्थी ।’  साम्राज्ञी सानोमा एकदमै बिरामी हुने गर्थिन । उनलाई प्रत्येक दुई सातामा चेकअप गराउनु पथ्र्यो । आमा भन्छिन ‘आठ वर्षको हुँदा सम्म त बिरामी भएर साह्रै दुः ख दिन्थी । यो सधैं बिरामी हुने भएकाले मेरो अर्को बच्चा जन्माउने सोच नै हराएको थियो । पछि ठिक भई अनि अर्को बच्चाको सोच आयो फेरी ।’ साम्राज्ञीको एउटा भाई छन् । साम्राज्ञी र उनको भाईको उमेर ९ वर्षको अन्तर छ ।

भाई र आमासँग साम्राज्ञी । 

साम्राज्ञी पढाईमा मध्यम नै थिइन् । उनलाई पढ्न भन्दा पनि आर्ट गर्न मन पथ्र्योे। उनि एकदमै राम्रो आर्ट गर्थिन । उनि दिन भरि पनि टिभी हेरेर बस्न सक्छिन । उनलाई खान एकदमै मन पर्छ । आमा भन्छिन ‘साम्राज्ञी एकदमै फुडि छे, उसलाई खान एकदमै मन पर्छ । उ दिन भरि कि त टिभी हेरेर बस्छे कि त किचनमा गएर खाजा र खाना बनाएर खाएर बसिरा हुन्छे ।’  साम्राज्ञीले सानोमा केही वर्ष इन्डिया बसेर पढेकी हुन् । पढाई कमजोर भएकाले उनलाई त्यहाँ लगेर पढाउनु परेको आमा बताउँछिन् । साम्राज्ञी भारत बस्दा परिवारसँग हप्तामा एक चोटी जति कुरा हुन्थ्यो। उनि उता आफ्नो मामुको फोन कुरेर बस्थिन । फोन लाग्न एकदमै गार्हो हुन्थ्यिो । त्यो पल सम्झिन्दै आमा भन्छिन् ‘बल्ल बल्ल हप्तामा एक पटक फोन गर्न पाएको हुन्थ्यो त्यो पनि हत्तपत्त लाग्दैन थियो । बल्ल बल्ल लग्थ्यो अनि बोल्नु भन्दा पनि रोएरै समय सकिन्थ्यो । ऊ उता रुन्थी म यता ।’ उनले सम्झिइन् । ‘कोहि बच्चाको स्वर सुने नि रुन्थे म’

डलसँग साम्राज्ञी । 

उनी आफ्नो बाबा र भाईसँग पनि एकदमै नजिक छिन । बाबासँग जति नजिक भएपनि सिधा कुरा गर्न डराउँछिन साम्राज्ञी । तर भाई र उनि बिचको माया चाही साँच्चिकै लोभ लाग्दो छ । आमा भन्छिन ‘उनीहरु एक अर्कामा एकदमै मिल्छन । मैले भाइलाई कुटे या गाली गरे भने सम्राज्ञी रिसाउछे अनि उसलाई गाली गर्दा भाई ।’ कहिले काही साम्राज्ञी ढिला घर आउँदा गाली खान्छिन रे । त्यो गाली साम्राज्ञीले आइपुग्नु भन्दा पहिलै भाइले फोन गरेर भनी सकेको हुन्छ । आमा भन्छिन ‘मैंले गाली गरेको छु भने दिदी घर आउनु भन्दा पहिलै भाइले फोन गरेर मामु रिसाइसेको छ हजुर सित छिट्टो घर आइस्यो भनेर भनिसकेको हुन्छ ।’

एक प्रोडक्टको विज्ञापनमा साम्राज्ञी ।

साम्राज्ञीलाई फेशन डिजाइनर बन्ने रहर थियो । त्यसैले त्यो पुरा गर्नलाई परिवाराले पनि फेशन डिजाइनिङ्ग कलेज छानिसकेका थिए । लगभग सबै फाइनल भएको थियो त्यही बेला ड्रिम्स फिल्मको अफर आयो । फिल्मको स्क्रिप्ट तथा कथा उनलाई मन पर्यो अनि ‘ड्रिम्स’ गर्न तयार भइन् । ड्रिम्स खेले पछि उनको डिजाइनर बन्ने सपना पनि परिवर्तन भएको छ । उनी अहिले फिल्म क्षेत्रकै व्यस्ततामा रमाइरहेकी छिन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha