हिन्दी र नेपालीमा ‘दि कर्मा’ बन्ने
देव कुमार श्रेष्ठको निर्देशन रहने फिल्म ‘दि कर्मा’ को औपाचारिक निर्माणको घोषणा गरिएको छ । मंगलबार काठमाडौँमा प्रेसमिट गर्दै फिल्म बारे थप जानकारी गराइएको हो । फिल्ममा बलिउड सहित नेपालका केही कलाकारको अभिनय रहनेछ ।
जय राज राय र नीशा खतिवडाको संयुक्त निर्माण रहने कर्मा मा दीपक आनन्द, करण कुमार वर्मा, क्षितिजा शाक्य, नसीमा आचार्य, अनुप सक्सेना लगायतको अभिनय रहनेछ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमानको आसपासको हुने घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । हिन्दी र नेपाली दुवै भाषमा बन्ने फिल्मको मंसिरबाट छायाँकन सुरु हुनेछ भने प्रदर्शन ०७५ सालको बैशाखमा रिलिज गरिने गर्ने लक्ष्य राखिएको निर्माण पक्षले बताएको छ ।