रमाइलो बन्यो स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को प्रोमो
स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो हेर्नुस् :
घटस्थापनाबाट प्रदर्शनमा आउने सार्वजनिक फिल्मको प्रोमो रमाइलो छ । फिल्मको प्रोमो स्वस्तिमाको बिहे वरिपरि घुमेको छ । स्वस्तिमासँगै प्रोमोमा निश्चल बस्नेत, बसुन्धरा भूषाल, विजय बराल, रक्षा थापा, लोकेन्द्र लेखक, शिरु बिष्ट, आमिर गौतम, सिम्रन खड्का लगायत कलाकारहरु प्रस्तुत छन् ।
फिल्मको लेखन र निर्देशन सजन काफ्ले र आकाश बराले मिलेर गरेका हुन् । निश्चल र स्वस्तिमा मिलेर निर्माण गरेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् ।