ऋचा र अर्पणको ‘आधा लभ’ हेर्न को-को गए ?
यस्ता छन् प्रिमियरका बाह्र फोटो
अर्पण थापा र ऋचा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘आधा लभ’ को बुधबार साँझ कमलपोखरीस्थित कुमारी हलमा प्रिमियर शो आयोजना गरिएको छ । प्रिमियर शोमा नायिका करिश्मा मानन्धर, श्वेता खड्का, ऋचा शर्मा, रिमा विश्वकर्मा फिल्मका निर्देशक समेत रहेका अर्पण थापा मुख्य आकर्षणको केन्द्र बने ।
यस्तै अभिनेत्री गौरी मल्ल, कलाकार टिका पहारी, खगेन्द्र लामिछाने, निर्माता माधव वाग्ले, ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, ‘हाउ फन्नी’ निर्देशक निलु डोल्मा शेर्पा, कलाकार तथा निर्माता रविन्द्रसिंह बाँनिया प्रिमियरमा सहभागी थिए । एक वर्गका दर्शकलाई फिल्म मन पर्ने प्रिमियरमा सहभागीले बताए । यही शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आधा लभ’ ले विभिन्न उमेर समुहका व्यक्तिहरुको आधा लभलाई प्रस्तुत गरेको छ । फिल्मलाई ऋचा र अर्पणले संयुक्त रुपमा निर्माण गरेका हुन् । अफिसियल फोटोग्राफर :उद्धव रसाईली