नवल नेपालको नयाँ फिल्ममा पुष्प खड्का अनुबन्धित
नायक पुष्प खड्का नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नवल नेपालको निर्देशन रहने प्रेम कथामा आधारित पारिवारिक फिल्ममा पुष्प मुख्य नायकको रुपमा अनुबन्धित भएका हुन् । निर्देशक नेपालको निर्देशन रहेको ‘मंगलम’ मा पुष्पलले अभिनय गरेका छन् ।
रुद्राक्ष फिल्मको ब्यानरमा बन्ने फिल्मको नाम र नायिकाको भने टुंगो लागेके छैन । रुद्र खनाल कार्यकारी निर्माता र मिनु मल्ल निर्माता रहेको फिल्मको मंसिरको दोश्रो सातादेखि छायाँकन सुरु हुनेछ । फिल्ममा दिपक शर्माको संगीत रहनेछ । फिल्मको छायाँकन काठमाण्डौं र बन्दीपुरमा हुने जानकारी निर्माण पक्षले जानकारी गराएको छ । गीतको लागि फिल्म युनिट रारा तालसम्म पुग्नेछ ।