गृहनगरमा दिपाश्रीको सहयोग
गृहनगर विराटनगरमा निर्देशक दिपाश्री निरौलाले राहत वितरण गरेकी छिन् । बाढी प्रभावित ७६ घर धुरीलाई दिपाश्री सहित छक्का पञ्जा २ का कलाकारहरु जितु नेपाल, केदार घिमिरेको टोलीलले जस्ता पाता वितरण गरेको हो ।
आफु सहित विभिन्न दाताहरुबाट संकलन भएको झण्डै दश लाख रकम बराबरको जस्ता पाता विराटनगर महानगरपालिकाका १, १२ र १४ वडालाई वितरण गरिएको हो । आफु जन्मेको ठाउँमा बाढी पस्दा निकै दुःख लागेको र आफुले सक्ने सहयोग गरेको दिपाश्रीले बताइन् । सामाजिक सहयोग गर्दै दिपाले असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म छक्का पञ्जा २ लाई पनि हलमा गएर हेर्न पनि आग्रह गरिन् । छक्का पञ्जा २ टोलीले यसै सातादेखि मोफसलको यात्रा सुरु गरेको छ ।