मोफसलबाट राजधानी फर्कियो ‘ऐश्वर्य’ टिम
गत शनिबार मोफसल टुरमा निस्किएको ‘ऐश्वर्य’ युनिटले मंगलबार राजधानी फर्किएको छ । पोखरा, चितवन र हेटौडाका सञ्चारकर्मीसँग अन्र्तक्रिया गर्दै निर्माता तथा अभिनेता रमेश उप्रेती, नायिका दीपिका प्रसाईं, कलाकार प्रशान्त ताम्राकार सह निर्माता तथा कलाकार निर्मल शर्मा राजधानी फर्किएका हुन् ।
आउँदो कात्तिक ९ गते छठको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘ऐश्वर्य’ को गीत तिमी रोएको पल र प्रोमोले चर्चा पाइरहंदा यसको निर्माण टिम पनि फिल्म चल्नेमा आशावादी देखिएको छ । यसमा वितरक तथा हल सञ्चालक पनि सकारात्मक देखिएका छन् । यस्तैमा वितरक तथा हेटौंडाका हल सञ्चालक नरेन्द्र महर्जन भन्छन्, रमेशजी पुरानो कलाकार हुनुहुन्छ र उहाँलाई हामीले साथ दिनै पर्छ’ उनले थपे ’उहाँ कलाकार भएर अहिले निर्माता बन्नु भएको छ, जुन यस क्षेत्रकै लागि खुसीको कुरा हो किनकी उहाँले क्षेत्रलाई नजिकबाट बुझ्नु भएको छ ।’ निर्माता तथा अभिनेता उप्रेतीले पनि ‘ऐश्वर्य’ले सबैको आशालाई निराशा नबनाउने बताए । ‘फिल्म स्तरिय बनेको छ’, रमेशले भने ।
यता दीपिका र प्रशान्तले पनि फिल्मबाट निकै नै आशावादी रहेको बताए । फिल्ममा केकी अधिकारी, विकाश खतिवडा, अर्जुन श्रेष्ठ, तेन्जु योन्जन, अर्जुनजंग शाही लगायतको पनि अभिनय रहेको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार ऐश्वयमा निर्मलसँगै किरण राणा उप्रेती र अर्जुन श्रेष्ठको लगानी रहेको छ । अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकन रहेको फिल्ममा हिमाल केसीको द्वन्द निर्देशन रहेको छ । रमेश र दीपिकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :