‘म चाँडै क्यान्सरमुक्त हुनेछु’: संजय दत्त
एजेन्सी– बलिउड अभिनेता सञ्जय दत्तले छिट्टै क्यान्सरमुक्त हुने बताएका छन् । उनले यस हप्ता ‘शमशेरा’को डब गर्ने बताउदै नोबेम्बरमा ‘केजीएफ च्याप्टर २’को सुरु गर्ने जानकारी दिए ।
‘केजीएफ २’ का लागि नयाँ हेयरस्टाइल र दाह्री बनाउन सैलुन संजयले आफ्नो घाउ देखाउदै भने, ‘हाइ म संजय दत्त हुँ । सैलूनमा आएर मलाई राम्रो लागि रहेको छ । क कपाल काट्न आएको हुँ । तपाईले देखिरहनुभएको यो दाग हालसालैको हो, तर म यसलाई हराउछु । म चाँडै क्यान्सरमुक्त हुनेछु ।’ लकडाउनपछि पुनः काममा फर्किन पाएकामा उनले खुसी पनि व्यक्त गरे ।
क्यान्सर पत्ता लागेपछि अगस्तमा सञ्जयले स्वास्थ्य उपचारका लागि केही समय कामबाट छुट्टी लिने घोषणा गरेका थिए । उनी फोक्सो क्यानसरको चौथो चरणमा रहेको बताइएको छ ।