आर्थिक संकटमा आदित्य भन्छन्, ‘मसँग १८ हजार मात्र छ’
एजेन्सी– भारतीय गायक आदित्य नारायण झाले आफु आर्थिक संकटमा परेका बताएका छन् । हालै एक अन्तर्वार्तामा उनले आफ्नो खातामा १८ हजार रुपैयाँ मात्र रहेका बताएका छन् ।
यहि महिनाबाट काम शुरू नगरे घर खर्च चलाउनका लागि आफूसँग भएको सामान बेच्नुपर्ने अवस्था आउने उनको भनाइ छ । उनले भने, ‘यदि सरकारले लकडाउन अन्त्य गरेन भने धेरै मानिसहरू भोकै मर्छन् । मेरो पनि बचत भएको पैसा सकियो । जुन पैसा मैले म्यूचुअल फण्डमा लगानी गरेको थिए । त्यो मैले गुजारा चलाउनको लागि निकालिसके । कसैले सोचेको थिएन् म एक वर्षसम्म काम नगरी बस्छु । जबसम्म तपाई अरबपति हुनुहुन्न भने कोही पनि यस्तो योजना बनाउदैनन् । मेरो खातामा १८ हजार मात्र छ । यदि अक्टोबरसम्म मैले काम सुरु गरिन् भने मसँग पैसा हुँदैन । गुजारा चलाउनको लागि मैले आफ्नो बाइक या कुनै सामान बेच्नु पर्छ ।’
आदित्य आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा छन् ।