हरियो बुट्टे गाउनमा बोल्ड रेखा (६ तस्बिर)
नायिका रेखा थापा निर्देशक सुदर्शन थापाको रिसेप्सनमा सहभागी भइन् । प्रायः सरल पहिरणमा प्रस्तुत हुन रुचाउने रेखा सुदर्शनको रिसेप्सनमा भने बोल्ड भएर पुगिन् ।
हरियो बुट्टे गाउनमा रेखा आकर्षक देखिएकी थिइन् । काली नायिकाको मेन्टेन फिगरमा स्वर्णिम राईको डिजाइन साँच्चै सुहाएको थियो । तपाईंलाई चाहिं कस्तो लाग्यो त ?
हेर्नुस् : तस्बिर उद्धव रसाईली