निर्देशक सबिर श्रेष्ठले बाँधिदिए आर्यन र सृष्टिको जोडी
नायक आर्यन अधिकारी र मिस नेपाल (२०१२) तथा नायिका सृष्टि श्रेष्ठ राखेर निर्देशक सबिर श्रेष्ठले फिल्म ‘बाँध माया’ले बनाउने भएका छन् । फिल्मको छायाँकन यसै सातादेखि नवलपरासीबाट सुरु हुँदैछ । फिल्म युनिट यतिबेला छायाँकन स्थलमा पुगिसकेको छ ।
लेखक समेत रहेका निर्देशक श्रेष्ठले ‘बाँध माया’ले लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मानेका छन् । ‘लामो तयारी पछि हामी सुटिङमा निस्किएका हौं’, निर्देशक श्रेष्ठले भने, ‘दर्शकले चाहे जस्तो फिल्म बनाउँछु ।’ फिल्म पूर्ण रुपमा लभ स्टोरी बन्ने सविरको भनाई छ । निर्देशक श्रेष्ठको काईट्स
ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने ‘बाँध मायाले’ का निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ निर्माता हुन् । सह-निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल छन् । बाबु श्रेष्ठको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । सृष्टिसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
फिल्ममा आर्यन र सृष्टिसँगै कलाकारहरु राजाराम पौडेल, विशाल चाम्लिङको अभिनय रहनेछ । नव प्रस्तुतीको रुपमा किशोर खड्का रहेका छन् ।