झरना-साम्राज्ञी अष्ट्रेलिया ‘ल्याण्ड’, यी शहरमा फिल्म
‘ऐ मेरो हजुर २’ को बिशेष शोमा सहभागि हुन बुधबार राती नेपालबाट उडेका निर्देशन झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला सिड्नी पुगेका छन । बुधबार राती नेपालबाट त्यसतर्फ उडेका उनीहरु थिए । यहाँको समय अनुसार बिहिबार साँझ ४ बजे ‘ल्याण्ड’ भएका हुन् ।
बाबा एजुकेशनको प्रस्तुतीमा ‘ए मेरो हजुर २’ अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रर्दशन हुने भएको छ । भिसा पार्टनरको रूपमा रहेको एस पिपुल स्टडीका रोशन भट्टराईले जानकारी दिए अनुसार फिल्म ए मेरो हजुर २ को सिड्नीमा नोभेम्बर २५, ताज्मानियाको होबर्डमा नोभेम्बर २६, बिर्जबेनमा नोभेम्बर २८ र मेलबर्नमा डिसेम्बर २ तारिखमा शो हुनेछ । त्रिभुवन विमानस्थलमा झरना र साम्राज्ञी अष्ट्रेलिया उड्दाको भिडियो हेर्नुस् :
फिल्म ए मेरो हजुर २ लिएर साम्राज्ञी अष्ट्रेलिया गएकी हुन् भने झरनाको दोश्रो पटक हो । नेपालमा सफल भएको फिल्म विदेशका विभिन्न शहरहरुमा शो भैरहेको छ । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा नव नायक सलिनमान बनियाँ साम्राज्ञीको अपोजिटमा छन् । झरनाको यो डेव्यु फिल्म हो ।