मिस युनिभर्स रिजल्ट, नेपाल सुन्दरीलाई खाली हात
हालै अमेरिकाको लस भेगसमा सम्पन्न ६६ औं मिस युनिभर्समा पनि नेपाल सुन्दरीको शिर खाली भएको छ । पहिलो पटक मिस युनिभर्समा सहभागीता जनाएकी नगम श्रेष्ठले कुनै पनि विधामा ताज जित्न सफल भइनन् । साउथ अफ्रिकाकी सुन्दरीले यस पटकको मिस युनिभर्सको ताज आफ्नो शिरमा सजाउन सफल भइन् ।
साउथ अफ्रिकाकी २२ वर्षिय डेमीले नेल पीटर्सले यस वर्षको मिस युनिभर्सको उपाधि प्राप्त गरेकी छन् । ९१ प्रतिस्पर्धीलाई पछि पार्दै यो ताज जितेकी हुन्। डेमी ले यो ताज जितेसँगै अफ्रिकाले दोस्रोपटक मिस युनिभर्सको ताज जितेको छ। यसअघि सन् १९७८ मा मार्गरेट गार्डिनरले यो ताज जितेकी थिइन् । नगमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :