‘जिन्दगी सोचे जस्तो नहुने रैछ’ : रिमा विश्वकर्मा
विवाह गरेको दुई वर्षमा पति रोवर्ट विश्वकर्मासँग सम्बन्ध विच्देछ पश्चात आएका खबरलाई सम्बोधन गर्दै नायिका रिमा विश्वकर्माले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरेकी छिन् । आइतबार मध्यान्ह् पोस्ट गरेको स्टाटसमा रिमा लेख्छिन्, ‘जिन्दगी सोचे जस्तो नहुने रैछ ।’
उनको स्टाटसको पूर्ण पाठ पढ्नुस् :
म सम्बन्धि आएका समाचारहरु मैंले हेरिरहेकी छु । म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु, शुभेच्छुकहरु अनि मेरा आफन्तहरु जस्ले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ । याँहाहरुले म प्रती देखाउनु भएको सद्भाव प्रती हार्दिक आभर प्रकट गर्न चाहान्छु । यो असहज परिस्थितिमा म याँहाहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु । यति बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनु हुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनु हुनेछ भन्ने मलाई पुर्ण विश्वास छ । जिन्दगी सधैंसोचे जस्तो त पक्कै हुँदैन र समय सधैं एकनास पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ । मेरो कोही प्रती पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनु भएकोमा म अनि मेरो परिवार यहाँहरु प्रती कृतज्ञता व्यक्त गर्छौं ।