‘कान्छी’ फागुन ४ मा लाग्ने, ‘कृ’ लाई भो मैदान खाली
श्वेता खड्काको फिल्म ‘कान्छी’ ले नयाँ प्रदर्शन मिति तय गरेको छ । फिल्म निर्माण पक्ष र वितरकले फागुन ४ गतेलाई ‘कान्छी’ को प्रदर्शन मिति पक्का गरेका हुन् । माघ २६ गते अब अनमोल केसी स्टारर ‘कृ’ मात्रै लाग्नेछ ।
किन सारिन् त श्वेताले ‘कान्छी’ ? ‘मलाई जुध्न मन लागेन । ‘कृ’ टिमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनि कुनै निर्णय नभएपछि म आफैं सरेको हुँ । यो निर्णयले हामी दुवैलाई फाईदा पुर्याउँछ’, श्वेताले भनिन् । उसो त हल सञ्चालक र वितरक पनि फागुन ४ मा ‘कान्छी’ आउँदा खुसी हुने श्वेताले बताइन् । श्वेता र दयासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेता र अभिनेता दयाहाङ राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् । सामाजिक तथा साँगीतिक प्रेम कथामा बनेको फिल्मको गीत चरी चट्टले युटुवमा पचास लाख बढी भ्युज पाएको छ ।