दिनेश राउतको ‘पुजार सार्की’मा आर्यन र प्रदीप पक्का
फिल्म ‘पुजार सार्की’ मा अभिनेताद्वाय आर्यन सिग्देल र प्रदिप खड्का मुख्य भूमिकामा अनुबन्धित भएका छन् । निर्देशक दिनेश राउतले सामाजिक सञ्जालमा दुई अभिनेतासँगको तस्बिर सेयर गर्दै यस्को पुष्टि गरेका हुन् ।
निर्देशक राउतले आर्यन र प्रदीपसँग काम गरिसकेका छन् । निर्देशक राउतको निर्देशनमा आर्यनले नोभेम्वर रेइन्, क्लासिक, अनि प्रदीपले प्रकाशमा अभिनय गरेका छन् । आर्यन र प्रदीप दुबै लभ स्टोरी फिल्ममा रुचाइएका अभिनेता हुन् । बलिउडामा समेत अभिनय यात्रा सुरु गर्न लागेका प्रदीप आर्यनले आफ्नो आइडल मान्छन् ।
किङडम नेटवर्कले निर्माण गर्ने फिल्म पुजार सार्कीको कथा लेखन विकास सुवेदीको हो भने फिल्मका निर्माता संगीतकार सुभाष थापा हुन् । फिल्मको छायाँकन माघ महिनाबाट सुरु हुने निर्देशक राउतको भनाई छ ।