find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जेठ १८ मा दयाको ‘गाउँ आएको बाटो’ आउने

नविन सुब्बा निर्देशित नयाँ फिल्म ’गाउँ आएको बाटो’ आउँदो सालको जेठ १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको थियो ।

टोरोन्टो फिल्म फेस्टिवलका सँगै बुसान फिल्म फेस्टिवलमा समेत प्रशंसा बटुलेको यो फिल्मले नविन सुब्बालाई थप उचाइ प्रधान गर्ने विश्वास राखिएको छ । फिल्ममा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन् । निर्देशक सुब्बा निर्देशित पहिलो फिल्म ’नुमाफुङ’ ले प्रशंसा बटुलेको थियो । फिल्मको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स तथा बुँसुरी फिल्मसको संयूक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता अमोद राई र निर्देशख सुब्बा हुन् ।

फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला(दया), माइली(पशुपति राई) र उनीहरुको सात वर्षे छोरा बिन्द्रे(प्रसान राई)को सो गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ ।

 

फिल्मले मूल पात्रले पछ्याउँदै आएको परप्परागत जीवन शैली माथि के गर्ने भनेर लिने कदममा फिल्मको कथा प्रस्तुत भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha